काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने



काठमाडौं । काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुलाई साउन २२ गते देखि दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।

जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्नेछ । यसअघि साउन १४ देखि १८ गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जनाले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१५ हजार मेगावाट विद्युत् निर्यातका लागि प्रसारण लाइन निर्माणको ‘मोडालिटी’बारे नेपाल र भारतबीच सहमति

काठमाडौँ। नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ ।

तमानखोलाको नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको

ढोरपाटन । बागलुङ जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा

वर्षामा पनि यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ बिपी राजमार्गको मर्मत सुरु

काठमाडौँ । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा