लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठनका लागि पहल गर्न प्रदेश प्रमुखसँग आग्रह



बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बहुमतको सरकार निर्माणका लागि पहल गर्न समेत प्रदेश प्रमुखसँग आग्रह गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी नेता तारा जिसीले संयुक्त रुपमा शनिबार प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “वर्तमान सरकारलाई विघटन गरी १६८(२) बमोजिम बहुमतको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आवश्यक पहलका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट प्रदेश प्रमुखसमक्ष विनम्र अनुरोध गर्दछौँ ।”

संविधानको गरिमा र प्रदेश प्रमुखलाई कमजोर पार्ने एवं असंवैधानिक प्रणालीमा लाग्ने सरकारको गलत नियतलाई सच्चाउन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने