दार्चुला घटनाको विरोधमा विप्लवले देशव्यापी विरोध सभा गर्ने



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकालीमा नेपाली खसेर बेपत्ता भएको घटनाको विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले दार्चुलामा तुइन काटिएको घटनाको विरोधमा दुई दिने देशव्यापी आन्दोलनको घोषणा गरेको हो।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तुइन काटिदिँदा नेपाली बेपत्ता भएको घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ।’

विज्ञप्तिमा आज दिउँसो ३ बजे नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने र सोमबार दिउँसो २ बजे देशव्यापी विरोध सभा गर्ने उल्लेख छ । भारतीय सुरक्षाकर्मीले शुक्रबार तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी महाकालीमा खसेर वेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको