उखुको बक्यौता तत्काल भुक्तानी गर्न किसानको माग, भदौ पाँचदेखि आन्दोलन सुरु गर्ने चेतावनी



काठमाडौं । उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

बिहीबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी किसानले भदौ ५ गतेसम्म १५ करोड भन्दा बढी रहेको बक्यौता रकम भुक्तानीको समय दिएका हुन् । उखु किसान सङ्घर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक सङ्घ र उखु किसानले विगतमा भएको सहमति पालना नभएको भन्दै उक्त अवधिमा भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

किसानले गत वर्षको मङ्सिरमा बक्यौता रकम भुक्तानीको माग गर्दै माइतीघरमा आन्दोलनसमेत गरेका थिए । उखु किसान सङ्घर्ष समिति एवं उद्योग मन्त्रालयबीच २०७७ साल पुस १३ गते पाँचबुँदे सहमति दोस्रोपटक भएको थियो ।

सहमतिअनुसार २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउने जिम्मेवारी लिएको थियो । “उद्योग मन्त्रालयले उद्योगीको जायजेथा बिक्री गरेर भए पनि किसानलाई भुक्तानी गराउने जिम्मा लिएर पनि सम्पूर्ण भुक्तानी गराउन सकेन । किसानको भविष्यसँग खेलबाड गरिएको छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले उखु किसानसँग सम्बन्धित अन्य समस्याका बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनेपनि हालसम्म सार्वजनिक नगरिएको जानकारी दिए ।

उनका अनुसार उद्योग मन्त्रालयले तयार गरेको प्रतिवेदतमा उद्योगीबाट कति रकम र नेपाल सरकारको अनुदानमध्ये कति रकम किसानलाई दिनुपर्ने हुन्छ त्यसको किटानी गरिएको छैन । किटानी नभएकाले नै किसानका प्रतिनिधिले उक्त प्रतिवेदनमा हस्ताक्षरसमेत गरेका छैनन् ।

उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष राम स्वार्थ राय छ वटा चिनी मिलले १५ करोड बढी रकम भुक्तानी नगरेको बताउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने चिनी उद्योग तथा जिल्ला प्रशासन कार्यालयबाट सबै रकम भुक्तानी भएको जानकारी आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको