काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी जे. ब्लिंकेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन् । मंगलबार अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री देउवाबीच टेलिफोन वार्ता भएको हो ।
त्यस अवसरमा विदेशमन्त्री ब्लिंकेन र प्रधानमन्त्री देउवाले हालसालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप प्राप्त १५ लाख खोप लगायत नेपाल–अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । त्यस्तै उनीहरुबीच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबीचको समन्वयबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया