विदेश जानेका लागि काठमाडौंका दुई अस्पतालमा खोप लगाइने
काठमाडौं । सरकारले विदेश जाने कामदार र विद्यार्थीका लागि कोरोना भाइरसविरूद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गरी अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ । तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिने गरिएको थियो।