त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ ।

कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण धेरै विद्यार्थी सङ्ख्या भएका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो । तर प्रवेश पत्र र विषय नमिलेका कारण समस्या भोग्नुपरेको विद्यार्थीको गुनासो छ ।

परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ । साथै परीक्षालाई सहज बनाउन पायक पर्ने केन्द्र छनोट गर्न समय तोकिएको तथा रजिष्ट्रेशन अनिवार्य गर्नुपर्ने व्यवस्थालाई फाराम भर्ने समयसम्म खुकुलो बनाइ इन्ट्री गर्न पाउने व्यवस्था बनाइएकाले केही परीक्षार्थीलाई समस्या परे पनि आवश्यक समन्वय गरी परीक्षामा समावेश गर्न अनुरोध गरेको छ ।

notice_DGhSW0I6Oe.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ उपत्यकाका ४० प्रतिशत नागरिकले लगाए पूर्ण खोप

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा

दशैंका लागि असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

काठमाडौँ । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार दिउँसो नेपाल