जापानबाट अस्ट्राजेनेकाको १६ लाख डोज खोप चाँडै नेपाल आउने
काठमाडौं । नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत किकुटाले देउवालाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका थिए ।
भेटका क्रममा राजदूत युकाताले जापान सरकारले नेपाललाई दिने भनेको १६ लाख अस्ट्राजेनेका खोप चाँडै नेपाल आइपुग्ने बताएका थिए । भेटपटि ट्वीट गर्दै प्रधानमन्त्रीले राजदूत याकुताले १६ लाख डोज खोप छिट्टै नेपाल आइपुग्ने र थप खोप ल्याउन प्रयास गरिरहेको बताएको उल्लेख गरेका छन्।