निजी क्षेत्रलाई कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न प्रधानमन्त्रीको आह्वान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड महामारीबाट मुक्त गर्नका लागि उद्योगी व्यवसायीले सहयोग गर्नुपर्ने बताएका हुन् ।

कोभिड महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले महामारी नियन्त्रणमा उद्योगी, व्यवसायीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने बताए । उनले भने, सरकार कोभिड नियन्त्रणमा लागिरहेको छ । तपाईहरुले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ।’

प्रधानमन्त्रीले कोभिड महामारीका कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासका लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न

डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते