काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमल्टार पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार अपरान्ह खुमलटार पुगेर प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीताको स्वास्थ्यबारे जानकारी लिएका हुन् । सीता लामो समयदेखि बिरामी छन् । उनको देश तथा विदेशका धेरै अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्य ठीक भएको छैन ।
यसअघि आजै बिहान प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई कोटेश्वरमा र प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेका थिए । भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया