काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको उनले बताए । बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए ।
गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया