पाँच दलीय गठबन्धन जोगाउनेबारे प्रचण्ड र नेता नेपालबीच वार्ता



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो । नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर गएका थिए ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई नेताबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन् । आइतबारदेखि संसद अधिवेशन सुरु हुने भएकाले त्यसबारे दुई नेताबीच छलफल भएको उनले बताए ।

त्यस्तै उनीहरुबीच पाँच दलीय गठबन्धन जोगाउने विषयमा पनि छलफल भएको बताइएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले नेता नेपालसँग सरकारमा आउने विषयमा समेत जिज्ञासा राखेका थिए ।

तर नेता नेपालले पार्टिमा देखिएको विवाद मिलाउन अझै पनि कुरा भइरहेकाले तत्कालै त्यसबारे नसोचेको बताइएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भई बालुवाटारबाट बालकोटस्थित निजी निवास पुगेपछि एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नभएको भन्दै गद्दार घोषणा गरेका छन् । पाँच दलीय गठबन्धनमा एमालेको नेता नेपाल देउवा सरकार टिकाउने कुरामा निर्णायक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद