काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले शपथ लिएका छन् । शुक्रबार सर्वोच्च अदालतमा एक समारोहबीच खातीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
शपथ लिएपछि खातीले महान्यायाधिवक्ता कार्यालय रामशाहपथ पुगेर पदभार ग्रहण गरेका छन् । महान्यायाधिवक्तालाई शपथ ग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भइनन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ गरिएको हो ।
सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले २०७८ वैशाखदेखि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट लिने बाहेकका प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतमा हुन थालेको जानकारी दिएका छन् । सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया