अमेरिका ७५ वर्ष लामो नेपाल–अमेरिका मित्रतालाई अझै सुमधुर बनाउन चाहन्छः राजदूत बेरी
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार बिहान बूढानिलकण्ठस्थित निवासमा पुगेर राजदूत बेरीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्रीको रूपमा नियुक्त देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ वर्ष लामो नेपाल–अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरिरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुनः जाहेर गरेका छन् ।