कम्युनिष्टहरुको एकताका लागि विप्लवले गरे प्रचण्ड र माधव नेपालसँग छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । लामो समयपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भेट गरेका विप्लवले बिहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्डसँग संयुक्तरुपमा छलफल गरेका हुन् ।

विप्लवले बिहीबार बिहान नेता नेपाल निवासमा प्रचण्ड र नेपालसँग छलफल गरेका हुन् । सरकार परिवर्तनसँगै विप्लवले विगतमा भएका सहमतिको कार्यान्वयनका लागि छलफल गरेका हुन् । विप्लव नेतृत्वको नेकपा र ओली सरकारबीच पार्टीका नेता कार्यकर्ताको मुद्दा फिर्ता र बन्दी रिहाइलगायतको सहमति भएको थियो ।

तर नेकपाका कार्यकर्ताको मुद्दा फिर्ता भएको छैन । जसका कारण सबै नेता कार्यकर्ता रिहा भएका छैनन् । बुधबार प्रचण्डसँगको भेटमा उनीहरुबीच पूर्वमाओवादीहरु एक हुने विषयमा छलफल भएको बताइएको छ । त्यस्तै आज तीन नेताबीच पनि कम्युनिष्ट एकताकोबारेमा कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते