अर्थमन्त्रीको पहिलो निर्णयः खोप खरिदका लागि ५ अर्ब निकासा



काठमाडौं । सरकारले कोरोना खोप खरिदका लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन् ।
अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था गरेका छन्।

स्वास्थ्य मन्त्रालयले पेश गरेका तीनवटा फाइल सदर गर्दै उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए । यस्तै, उनले कोभिड जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसीयू तथा भेन्टिलेटर खरिदका लागि पनि रकम स्वीकृति दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षभित्र पाँच सय मेगावाट उत्पादन गर्ने प्रोजिल इनर्जीको लक्ष्य

  काठमाडौं । सरकारले हरित ऊर्जा विकासलाई सहज बनाउन यस क्षेत्रमा देखापरेका प्रक्रियागत

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा नेपाली व्यवसायी सुजन कटुवाल

  बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि