जापानले नेपाललाई १६ लाख डोज खोप दिने
काठमाडौं । जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ। काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको खोप नेपाल आउने जानकारी दिएको छ । जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो ।
नेपालका लागि जापानका राजदूत किकुता युताका जापानले दिन लागेको खोपले नेपाल–जापान लामो सम्बन्धलाई दर्शाउने बताएका छन् । जापानले दिएको खोपले यसअघि भारतमा उत्पादित कोभिसिल्ड खोपको पहिलो डोज लगाएका वृद्धवृद्धालाई दोस्रो डोज लगाउन पुग्नेछ ।
यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका थिए । उनकाअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।
जापानले कोभ्याक्सलाई १ अर्ब डलर र ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।