अमेरिकाबाट आइपुग्यो जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप
काठमाडौं । अमेरिकाले पठाएको जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार आठ सय ५० डोज खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
एकपटक लगाए पुग्ने यो खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।