प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सर्वोच्चले आज फैसला सुनाउँदै


काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ। २१ असारमा सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आजको मिति तय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सवै पक्षको बहसपछि असार २१ गते समाप्त गरेको थियो।

निवेदक, सरकारी वकिल, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी, सभामुखका निजी कानुन व्यवसायी, एमिकस क्युरी हुँदै निवेदकको जवाफी बहस सुनेर इजलासले निसु तोकेको सर्वोच्च अदालतले सुनाउने फैसलाले नेपालको अवको राजनीति दिशासमेत निर्देश गर्ने भएकाले यो फैसलाको धेरै प्रतिक्षा गरिएको छ।

देश निर्वाचनमा जाने कि नजानेदेखि प्रधानमन्त्री को हुनेसम्मका कुरासमेत अदालतको फैसलापछि नै निर्णय हुने छ । रिट निवेदकको मागलाई सम्बोधन गर्दै सर्वोच्चले विपक्षी गठवन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेमा उनले विश्वासको मत लिने विषयमासमेत सर्वोच्चले व्याख्या गर्नु पर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६को (२) मा विश्वासको मत नपाएको र सोही धाराको उपधारा (३) मा विश्वासको मत नलिएको कुराको सम्बोधन सर्वोच्चको फैसलाले गर्नुपर्ने छ।