प्रचण्डसँगको भेटबारे नेपालको स्पष्टिकरणः स्वास्थ्यबारे जानकारी लिनेबाहेक अरु कुरा भएन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार नेपाल निवास कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका हुन् । नेता नेपाल केही दिनयता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्य समस्याका कारण दुई नेताबीच आज संक्षिप्त भेट भएको भन्दै अरु विषयमा कुरा नभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।