देउवाले प्रधानमन्त्रीमा गरेको दाबी कानुनसम्मत, परमादेश जारी हुनुपर्छः शम्भु थापा



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी कानुनसम्मत रहेको तर्क गरेका छन् । सोमबार प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस गर्दै थापाले राष्ट्रपतिले बदनियतपूर्वक देउवाको दाबी खारेज गरेको भन्दै यसमा परमादेश जारी हुनुपर्ने बताएका हुन् ।

उनले १४९ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी राष्ट्रपतिले नकार्न नमिल्ने बताए। थापाले प्रधानमन्त्री ओलीले आफू पनि संसद्मा नजाने र अरुलाई पनि जान नदिने नियत राखेको तर्क गरे ।

थापाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री दाबी गर्ने व्यक्तिले संसद्मा गएर विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको बताए । उनको प्रश्न थियो, ‘भविष्यमा विश्वासको मत पाउने आधार छ वा छैन भन्ने आधार हेर्ने राष्ट्रपति को हो ?’

राष्ट्रपतिलाई संविधानले विश्वासको मत परीक्षण गर्ने अधिकार नभएको र साथै संसद्ले विश्वास दिएको कुरा अस्वीकार गर्ने अधिकार संविधानले नदिएको थापाले बताए । संसद्लाई मार्न नहुने भन्दै थापाले संसद्लाई आफैं कार्यकाल सम्पन्न हुन दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा दाबी गरेको नभई राष्ट्रपति कार्यालयमा झगडाको कागज पेस गरेको बताए ।

प्रतिनिधिसभा विघटन मुद्दामा पक्ष र विपक्षको बहस सकिएको छ । रिट निवेदकका कानुन व्यवसायीले प्रतिउत्तर बहस सकेसँगै मुद्दाको बहस सकिएको हो ।

उक्त मुद्दामा अब एमीकस क्युरीले राय व्यक्त गर्न बाँकी छ । एमीकस क्युरीले राय व्यक्त गर्ने तयारी भइरहेको छ । चार जना एमीकस क्युरीका लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक