खोप खरिदमा ब्रेक थ्रु, चीनको साईनोफार्म कम्पनीसँग सम्झौता
काठमाडौं । नेपाल सरकार र चीनको साईनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् ।