डिआइजी थापालाई एआइजीमा बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअुसार थापालाई बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत छन् । एआइजीमा सिफारिस गरिएका थापा भक्तपुर निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार