पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा राष्ट्रिय सुरक्षाको सरोकार रहने



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा राष्ट्रिय सुरक्षाको सरोकार रहने बताएका छन् ।

‘नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयको वेबिनारको आइतबार उद्घाटन गर्दै उनले वातावरणीय संरक्षणको महत्व केवल मुलुकविशेषको नभई समग्र विश्वकै चासो र चिन्ताको विषय भएको बताए ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा आयोजित दुईदिवसीय कार्यक्रममा राष्ट्रिय निकुञ्ज र सीमा सुरक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक सर्भिलेन्स उपकरणको प्रयोग जस्ता विषयमा छलफल हुनेछ ।

परिषद् सचिवालय संयोजक एवं रक्षा सचिव रेश्मिराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कंँडेललगायतले नेपालको पर्यापर्यटन, हिमाली क्षेत्रको महत्व र सुरक्षाका विविध पक्षमा केन्द्रित रही धारणा राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा रविमाथि अभियोजन गर्ने सरकारी वकिलमाथि छानबिन सुरु

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई

रुपाताल संरक्षणसम्बन्धी काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार

चौधवर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको