७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदहरुलाई कारबाही गर्न पाइँदैनः संविधानविद् आचार्य



काठमाडौं । संविधानविद एवं वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले केपी शर्मा ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने तबरले राष्ट्रपति र प्रधानमन्त्री ओली लागिरहेको तर्क गरेका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै आचार्यले संविधानले केपी ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने नभनेको तर्क गरेका हुन् ।

आचार्यले एउटै कार्यकालमा संविधानको धारा ७६ को सबै उपधारा अनुसार एउटै व्यक्ति केपी ओली मात्र प्रधानमन्त्री बन्ने कल्पना नगरेको तर अहिले अभ्यास यही भइरहेको बताए । उनले प्रश्न गरे,‘यस्तो हुने भन्ने काहीं लेख्या छ ?’

उनले सांसदहरुले स्वविवेकी अधिकार प्रयोग गरेर उपधारा ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए । संविधानविद आचार्यले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदहरुलाई कारबाही नहुने बताए ।

उनले भने, ‘निर्देशन उल्लंघन मतदान गरेमा मात्र सांसदहरुलाई कारबाही गर्ने हो। राष्ट्रपतिले कसरी शेरबहादुर देउवालाई हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुने आधार लिएर अस्वीकार गर्न सक्नु भयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद