कालिगण्डकी–तिनाउ डाइभर्सनको काम अघि बढाउन आयोजनाको कार्यालय स्थापना



बुटवल । उपप्रधान, गृह एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालकै महत्वाकांक्षी आयोजनाको रुपमा अघि सारिएको कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गरेका छन् ।

शनिबार उपप्रधानमन्त्री पौडेलले बुटवलमा स्थापना गरिएको आयोजना कार्यालयको उद्घाटन गरेका हुन् । कालिगण्डकी नदीलाई डाईभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन सिंचाई, जलविद्युत र तिनाउमा नौकाबिहारमार्फत जलपर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना अगाडि बढाइएको हो । कार्यालयले कालिगण्डकी तिनाउ डाईभर्सनका डिपिआर निर्माणको काम तत्कालै सुरु गर्ने तयारी गरेको जनाएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले आयोजना रुपन्देहीको मात्र नभई नेपालकै नमुना आयोजनाको रूपमा अगाडि बढाइने बताए । सुक्दै गएको तिनाउमा पानीको मात्रा बढाउने उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ उनले बताए ।

कालिगण्डकी डाईभर्सनका कारण कालिगण्डकी तल्लो तटीय क्षेत्रका लागि सुख्खायाममा समेत पानीको कुनै कमी नहुनेगरी डाईभर्सन गरिने पौडेलले जानकारी दिए ।

डाइभर्सनका कारण कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा वातावरणीय समस्या सिर्जना नहुने विज्ञहरुको सुझाव आएको भन्दै उनले त्यसैका आधारमा नदी डाइभर्सनको अन्तर्राष्ट्रिय मापदण्डलाई समेत टेकेर परियोजना अघि बढाउन लागिएको बताए ।

पाल्पा र स्याङ्जाको संगमस्थल कालिगण्डकी नदीको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ–२, दोभान हुँदै तिनाउमा पानी ल्याएपछि रुपन्देहीको दक्षिणी क्षेत्रको उर्वर भूमिमा बाह्रै महिना सिचाइ गरि कृषि उत्पादन बढाउने सरकारको योजना छ ।

बहुउद्देश्यीय आयोजना अन्तर्गत पाल्पाको दोभानमा विद्युत ड्याम तयार हुने छ भने सिंचाईका लागि दोभानदेखि रुपन्देहीको बेलबाससम्म ७ किलो मिटर लामो सुरुङबाट पानी ल्याइने छ । यसरी ल्याईएको पानी पाल्पाको रम्भासम्म आइपुग्दा अधिकतम ८२ घनमिटर प्रतिसेकेण्डको बहावमा बग्ने छ ।

करिब ९ मिटर चौडा सुरुङमार्गबाट ८१ दशमलव ६ क्युसेक पानी तिनाउ नदीमा मिसाएर विद्युत् उत्पादनसँगै सिंचाईको व्यवस्था गर्ने लक्ष्य सरकारको छ । यो आयोजनाबाट दोभानमा पहिलो र बुटवल नजिकै बेलवासमा दोस्रो विद्युत् गृह निर्माण हुने गरी डिपिआर बन्दैछ । पहिलो पावरहाउस तिनाउ ३ दोभानबाट ५४ मेगावाट र दोस्रो पावरहाउस बुटवल १३, बेलवासबाट ७२ मेगावाट गरि कुल १२६ मेगावाट विद्युत उत्पादन गरिने छ ।

दोभानमा पहिलो विद्युत् गृहबाट आधा पानी तिनाउमा मिसाइने छ भने बेलवासमा बन्ने दोस्रो विद्युत् गृहबाट २७ किलोमिटर लामो नहर बनाएर तिनाउको पश्चिम क्षेत्र हुँदै कपिलवस्तुसम्म सिंचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । पश्चिममा कपिलवस्तुको बाणगंगा नदीसम्म यस्तो नहर बन्ने छ ।

दोभानबाट तिनाउमा खसालिएको आधा पानी १४ किलोमिटर लामो पूर्वी नहर हुँदै तिनाउ पूर्वका क्षेत्रमा सिंचाइका लागि उपयोग गरिने छ । त्यसका लागि सोह्र छत्तीस मौजा लगायतका नहरहरुलाई समेत व्यवस्थित गर्ने योजना रहेको सिंचाइ विभागले जनाएको छ ।

डाईभर्सनमार्फत कालिगण्डकीको पानी तिनाउमा खसेपछि रुपन्देहीमा हाल सिंचाई भइरहेको क्षेत्रभन्दा ५३ हजार हेक्टर बढी क्षेत्रमा सिंचाई सुविधा पुग्ने छ । त्यस्तै कपिलवस्तुको पनि ५४ हजार गरी कुल १०७ हजार हेक्टर खेतीयोग्य जमिन सिंचाई गर्ने सरकारको लक्ष्य छ ।

कुल १३८ अर्ब लागत अनुमान गरिएको यस आयोजनाको लागि विद्युत उत्पादनसम्म करिव ६४ अर्ब र सिंचाइ संरचना र सिंचित क्षेत्र विकासका लागि करिव ७४ अर्ब लागत अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

जाडोमा जेष्ठ नागरिकलाई कसरी जोगाउने ?

–डा.लछी सिंह हिजोआज नेपालमा दिनप्रतिदिन जाडोको तामक्रम बढ्दै गइरहेको छ । हाम्रो देशमा

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

कञ्चनपुरमा बीमाको रकम खान भारतीय युवकसँग मिलेर श्रीमतीद्वारा श्रीमानको हत्या

महेन्द्रनगर । कञ्चनपुरमा एक महिलाले भारतीयसँग मिलेर आफ्नै पतिको हत्या गरेको खुलेको छ