राष्ट्रपतिले ७६(५) बमोजिम ओली मात्रै होइन कसैलाई पनि नियुक्ति गर्न पाउदिन भन्न पाउनुहुन्नः वरिष्ठ अधिवक्ता भट्टराई



काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपतिलाई संवैधानिक दायित्व निर्वाह गर्दिन भन्ने अधिकार नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइको क्रममा भट्टराईले राष्ट्रपतिले कसैलाई प्रधानमन्त्री नियुक्ति गर्न पाउदिन भन्न नपाउने बताएका हुन् । उनले राष्ट्रपतिले संवैधानिक कर्तव्य वा दायित्व पूरा गर्नैपर्ने जिकिर गरे ।

उनले भने, ‘धारा १२७ ले सैनिक अदालतले गरेको आदेश समेत सर्वोच्च अदालतको ‘जुरिस्डिक्सन’ भित्र पर्ने व्याख्या अदालतले गरिसकेको छ । राष्ट्रपतिले ७६(५) बमोजिम केपी शर्मा ओली मात्रै होइन कसैलाई पनि नियुक्ति गर्न पाउदिन भन्न पाउनुहुन्न । राष्ट्रपतिको संवैधानिक कर्तव्य हो । चार जनाको दाबी परेपनि उहाँले नियुक्ति गर्नुपर्छ ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले महाभियोग लाग्ने काम गरेको बताए । उनले भने, ‘राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गर्नुभएको छ । राष्ट्रपतिलाई धारा ७६(५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन । संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाभियोग लगाउने व्यवस्था छ । न्यायाधीशलाई न्याय निरुपणका लागि इजलासमा बस्दिन भन्ने अधिकार हुँदैन । त्यस्तै राष्ट्रपतिलाई पनि आफ्नो दायित्व निर्वाह नगर्ने छुट हुँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ९८ जना प्रहरी निरीक्षकको पदस्थापन(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

जहरसिंहपौवामा प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

काठमाडौं । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको

साउनदेखि कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने