इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

प्रमुख विशेषज्ञ डा पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए ।

यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर ।  यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड बराबरको सुन्तला उत्पादन भएको

अब विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली