अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन



काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानविन समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

ट्राभल एजेन्सीले तोकिएको भन्दा चर्को भाडा असुल गरेको भन्ने गुनासो मन्त्रालयलाई प्राप्त भएको भन्दै उल्लेखित गुनासोको सन्दर्भमा विस्तृत छानविन गरी सम्बन्धित निकायमा आवश्यक कानूनी कारबाहीको सिफारिस गर्न समिति गठन गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८ वैशाख १९ को निर्णय अनुसार सीमित अन्तरराष्ट्रिय उडान भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर