प्रहरी निरीक्षक सुदर्शन पन्थी उत्कृष्ट प्रहरी घोषित



बुटवल । वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पन्थीसहित अन्य तीन प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ बाट सम्मानित गरेको हो ।

हाइ इन्टिग्रेटी अवार्ड र अभिलेखमा जनिने गरी नगद पुरस्कार समेत प्रदान गरिएको जिल्ला प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोजकुमार केसीले सम्मानित गरेका हुन् ।

पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा सीमा प्रहरी कदमहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिव्य थापा मगर र प्रहरी चौकी मर्यादपुर, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वर रोकाय छन् ।

आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै उनीहरुले फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेको कार्यालयले जनाएको छ । रुपन्देही प्रहरीले जिल्लाभित्रमा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार