गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा भएको मत विभाजनमा पोखरेलले विश्वासको मत पाएका छन् ।

पोखरेलको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । नेकपा एमालेले प्रस्तावको विपक्षमा मतदान गरेको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ मत छ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी