टुङ्टुङ लेकको पहिरोमा परी चार जना बेपत्ता



सिञ्जा । जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङ्टुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन् । सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन ।

पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

उनीहरु जडिबुटी खोज्न पाटन गएका बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले भने,“ मौसममा सुधार हुने बित्तिकै हवाई बेपत्ताको खोजी शुरु हुन्छ । ”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार