मेलम्ची बाढीमा ६ विदेशीसहित परी २० जना वेपत्ता


काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार राति गएको बाढी पहिरोमा परी २० जना बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको विज्ञप्तिअनुसार ६ विदेशी नागरिकसहित २० जना हराइरहेका छन् । वेपत्ता हुनेमा विदेशी नागरिकमा तीन जना भारतीय र ३ जना चिनियाँ छन् ।