खराब पात्रलाई शासन सत्तामा पुर्याउनु हामीहरुको ठूलो भूलः रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले खराब पात्रलाई शासन सत्तामा पुर्याउनु आफूहरुको ठूलो भूल भएको बताएकी छन् । मंगलबार सामाजिक संजालमार्फत झाँक्रीले व्यवस्था परिवर्तनपछि खराब पात्रलाई शासन सत्तामा पुर्याउनु ठूलो भूल भएको बताएकी हुन् ।

उनले एउटा लोकतान्त्रिक व्यवस्था जहाँ सरकार जनताप्रति सधै जवाफदेही होस् भन्ने चाहना भएपनि खराब पात्र पुग्दा समस्या भएको बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘कुनै समय थियो, आन्दोलनको हर मोर्चामा हामी सँगसँगै थियौँ। सपना थियो, एउटा लोकतान्त्रिक व्यवस्था जहाँ सरकार जनताप्रति सधै जवाफदेही होस्। व्यवस्था परिवर्तन पछि खराब पात्रलाई शाशन सत्तामा पुर्याउनु हाम्रो भूल भयो ।’