कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई एम्नेस्टीको आह्वान 



काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको औंल्याएको छ ।

एम्नेस्टी इन्टरनेशनलले सोमबार विज्ञप्तिमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा नागरिकको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले आफ्ना तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।

यस विषम परिस्थितिमा अवस्थामा नेपालका राजनीतिज्ञले पनि आफ्ना मतभेदलाई अलग राखेर आगामी हप्तामा निर्णायक कदम चाल्नुपर्ने एम्नेस्टी इन्टरनेशनलको भनाइ छ । अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको अभावमा नेपालका स्वास्थ्य संरचना कोरोना भाइरसको सङ्क्रमणको भारले कमजोर बन्न पुगेका छन् ।

संस्थाले नेपालको न्यून स्रोत साधनयुक्त स्वास्थ्य प्रणालीमाथि कोरोना भाइरसले पारेको प्रभाव र औषधि तथा उपकरणको अभावका कारण अस्पतालका कर्मचारी र कोभिड–१९ का बिरामीले भोग्नुपरेको नतिजाको समेत विश्लेषण गरेको छ ।

दक्षिण एशियाका अन्य देश जस्तै नेपालले पनि खोपको अभावको सामना गरिरहेको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेशनलले कम र मध्यम आय भएका देशलाई खोपको पहुँचमा सहयोग गर्न अघि बढाइएको कोभ्याक्स कार्यक्रमले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको र धनी राष्ट्रले आफ्नो आवश्यकताभन्दा धेरै खोप सञ्चय गरिरहेको टिप्पणी गरेको छ ।

एम्नेस्टी  इन्टरनेशनलका एशिया प्यासिफिक निर्देशक यमिनी मिश्रले खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि स्रोत साधन तथा प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुस ९ देखि १७ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

पोखरा । पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट

जाडोमा यसरी गरौँ छालाको स्याहार

काठमाडौँ । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जाडोबाट जोगिन

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।

धान खेतीको क्षेत्रफल घटेपनि बाँकेमा धान उत्पादनमा भने वृद्धि

बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन