प्रदेश दुईको नीति तथा कार्यक्रम पारित



जनकपुरधाम । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आइतबार पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गरे ।

त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा प्रदेश सरकार पछि नपर्ने बताउँदै भने, “कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा आएको छ, सरकार सङ्क्रमण नियन्त्रणमा प्रतिबद्ध छ ।

बालबालिकाका लागि अब छुट्टै अस्पताल तयार गर्नेछौँ ।” उनले जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०/१० गरी ६४० परिवारलाई महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा समावेश गराउने राउतले बताए । नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले बैठकमा आएका महत्वपूर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा