गण्डकी । गण्डकी प्रदेश सरकारले मन्त्री कुमार खड्कालाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । विनाविभागीय मन्त्रीका रूपमा शनिबार शपथ लिएका खड्कालाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रवक्ता तोकेको हो ।
यसैगरी बैठकले पूर्वमुख्यमन्त्रीको सम्मानका लागि सेवासुविधा दिने विषयमा पनि छलफल गरेको छ । पूर्वमुख्यमन्त्रीको सेवासुविधासम्बन्धी ऐन जारी नहुँदासम्म बैठकले नै निर्णय गर्ने गरी छलफल भएको प्रवक्ता खड्काले बताए ।
उनले यसभन्दा अघि पूर्वमुख्यमन्त्री नभएकाले पनि सेवासुविधाबारे ऐन नभएकाले अब ऐन बनाएर नै अगाडि बढ्ने बताए । बैठकले नीति तथा कार्यक्रम र बजेट ल्याउने समय भएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र दलका नेता पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको उनले बताए । खड्काका अनुसार मुख्यमन्त्री नेपालीले गुरुङलाई भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया