काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेले आफूलाई धोका दिएको बताएका छन् ।
मुख्यमन्त्रीबाट पदमुक्त भएपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले उनलाई आफूले चुनाव जिताएर ल्याएपनि अहिले धोका दिएको बताएका हुन् ।
उनले मनाङेलाई बाल्मिकी बनाउन असमर्थ रहेको बताए । उनले भने, ‘उनलाई बाल्मिकी बन्छन् कि भनेर मन्त्री बनाएर ल्याएको । उनी बाल्मिकी बन्न सकेनन् । सबै रत्नाकारहरु बाल्मिकी नबन्दा रहेछन् । उनलाई बाल्मिकी बनाउने प्रयास असफल भयो ।’
केही समयअघि सम्म गण्डकी प्रदेशमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ सरकारको साथ दिएका स्वतन्त्र सांसद् मनाङेले अहिले विपक्षी गठबन्धलाई साथ दिएका छन् ।
गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने उनले बताए । उनले राजनीति फोहोरी खेल नभएपनि राजनीतिमा फोहोरी मान्छेको प्रवेशले नेपालको राजनीतिमा समस्या देखिने गरेको बताए ।
उनले गठबन्धनकातर्फबाट नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धनले शनिबार प्रदेश प्रमुखको कार्यालय घेराउ गरेर राजनीतिक आचरण नदेखाएको भन्दै रातारात त्यस्तो गर्नुपर्ने आवश्यकता आफस्ले नदेखेको बताए ।
उनले आफूले समेत मुख्यमन्त्रीमा दावी पेश गरेको विषयलाई गलत अर्थले प्रचारबाजी गराएको भन्दै असन्तुष्टि जनाए । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई संघीयताको मर्मअनुसार काम गर्न गुरुङले सुझाव दिएका छन् ।

प्रतिक्रिया