मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गर्न माग गर्दै पोखरामा विपक्षी गठबन्धनका ३१ सांसद धर्नामा



गण्डकी । गण्डकी प्रदेशमा बहुमत सदस्यहरु निवेदनअनुसार सरकार गठन हुनुपर्ने मागसहित प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली सहित प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका हुन् । विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मुख्यमन्त्रीमा पुनः दाबी गरेपछि उनीहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

तर, सुरक्षाकर्मीले गेटबाट छिर्न नदिएपछि उनीहरुले गेट अगाडि धर्नामा बसेका हुन् । मुख्यमत्रीका प्रत्यासी नेपालीले केन्द्रीय सरकारको कदमको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै आपत्ति प्रकट गरेका छन्। ३१ जना प्रदेशसभा सदस्य सहित उनीहरुले धर्ना दिइरहेका छन्। उनले आफ्नो दावेदारी वैधानिक रहेको र मुख्यमन्त्री गुरुङले नक्कली कागज पेश गरेको आरोप लगाएका छन् ।

यसैबीच, राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका र पार्टीको साधारण सदस्य समेत नरहेका कृष्ण थापाको समर्थनमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको बताएकी छन् । उनले यो यो राजनीतिक बेइमानी र अधिनायकवादी शैली भएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ