गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको दाबी, ३१ सांसदले बुझाए हस्ताक्षर
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि २४ घण्टाको समय दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दावी पेश गरेका छन् । ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेस गरेका छन् ।
नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन् । नेपालीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन् ।