जेष्ठ नागरिकलाई भेरोसेलको खोप लगाउन सुरु



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सबै वडामा मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन सुरु गरेको छ । स्वास्थ्य मापदण्ड कायम गराउन एक वडा एक खोप केन्द्र र उमेर समूहअनुसारका छुट्टाछुट्टै दिन तोकेर खोप कार्यक्रम सुरु गरिएको हो ।

जसअन्तर्गत आज ६४ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर खोप कार्यक्रम थालिएको हो ।

खोप कार्यक्रम सुरु भएपछि केन्द्रहरुमा खोप लिन आउने सेवाग्राही र खोप दिने स्वास्थ्यकर्मी तथा कर्मचारी र स्वयमसेवकहरुको कुरा सुन्न प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित विभिन्न खोप केन्द्रहरुमा पुगेका थिए । त्यस क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु र सहरी स्वास्थ्य विभागका अधिकारीहरु सहभागी भएका थिए । वडा २३ को ओमवहालमा प्रदेश सभा सदस्य राजेश शाक्य पनि आएका थिए ।

त्यसपछिको प्रतिक्रियामा प्रमुख शाक्यले केन्द्रहरुको व्यवस्थापन राम्रो भएको, सेवाग्राहीले सुरक्षित सेवा पाएको अनुभूति गरेको प्रतिक्रिया दिए । ‘सेवाग्राहीको सहजताका लागि आफूलाई पायक पर्ने केन्द्रमा खोप लिन पाउने, दम्पत्ति भए तोकिएको उमेर समूह नहेरी दुवैलाई एकै दिन खोप लिन पाउने, नागरिकता नभए वडाको शिफारिसमा खोप प्राप्त गर्ने जस्ता व्यवस्था गरेका छौँ ।’ खोप व्यवस्थापनका बारेमा उहाँले भन्नुभयो, ‘सहजतापूर्वक सबैले खोप पाउने वातावरण मिलाएका छौँ । यसका लागि जनप्रतिनिधिहरु आफैँ माइकिङ् गर्दै टोल टोलमा जानुभएको छ । अहिलेसम्म छुटेका नागरिकलाई फेरि खोप उपलब्ध गराउन हाम्रो प्रयास जारी रहनेछ ।’
बुधबार ६३ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने
आज सहरी स्वास्थ्य महाशाखाले वडाहरुलाई पत्राचार गर्दै यसअघि तोकिएका (६०—६४ वर्ष उमेर समूह) वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव टे«निङ्मा रहेका नर्सिङ् र प्यारा मेडिक्सलाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र उदृत गर्दै विभागले वडाहरुलाई आग्रह गरेको हो ।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड

काठमाडौँ। रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक

ट्र्याक खुलेको चौबिस वर्षपछि सडक स्तरोन्नति

गलकोट (बागलुङ)। ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ

एक वर्षअघि मलेसियामा हत्या गरिएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

विष्णुप्रसाद गौडेल, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया

भ्रष्टाचार मुद्दामा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहाटासहित नौ जना दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा एमाले नेतासहित नौ जनालाई दोषी ठहर गरेको