मन्त्रिपरिषद पुनर्गठनविरुद्धको पेशी न्यायाधीश खतिवडाको इजालसमा
काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको आज सुनुवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजालसमा तोकिएको छ ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिन नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने जिकिर रिट निवेदकहरुले गरेका छन् ।