संवैधानिक इजलास स्थगित


काठमाडौं । आजपनि सर्वोच्च अदालतको संवैधानिक इजलास स्थगित भएको छ । संवैधानिक इजलासको पेसी आजपनि नतोकिएका कारण इजलास नबस्ने भएको हो । सोमबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सन्चो नभएको भन्दै सुनुवाइ स्थगित भएको छ। योसँगै प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाइ रोकिएको छ ।

आइतबार प्रधानन्यायीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए । आइतबार न्यायाधीशको विषयमै विवाद भएपछि प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुन सकेको थिएन ।