काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादको लगौटी बिखण्डनको पगरी बनेको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत पौडेलले सत्ताको पछि भौतारिँदै गर्दा ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘सत्ता होइन व्यवस्थालाई महत्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा राष्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने र ‘बहुल राष्ट्र मुक्तिसँग्राम गर्न’ सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् । ओली राष्ट्रवादको लगौंटी बिखण्डनको पगरी बनिसकेछन् ।’

प्रतिक्रिया