काठमाडौंमा कुन दिन कुन उमेरकालाई खोप लगाइन्छ ?(सूचीसहित)



काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा मंगलबार ६४ बर्ष उमेरका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो ।

खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गरी जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

यसअघि कोभिड संक्रमण भइसकेको भए ए महिना पूरा भए मात्र खोप लगाउन, तोकिएको दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान भनिएको छ ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो ।

सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिने पेशाकर्मी, दीर्घ रोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ ।

यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ बर्षदेखि माथिल्लो उमेर समूहका र १८ बर्षदेखि ५९ बर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो । यसरी दिइने खोप २ प्रकारका छन् । एउटा भारतको सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड हो भने अर्को चिनियाँ खोप भेरो सेल हो ।

खोप कार्यक्रमअन्तर्गत फागुन २३ गतेदेखि चैत १० गतेभित्र कोभिशिल्डको पहिलो मात्रा लगाएका व्यक्तिले त्यसको दोस्रो मात्रा लगाउन पाएका छैनन् । कोभिशिल्ड प्राप्तिका लागि भारतको सिरम इन्टिच्युटसँग सम्झौता गरेर अग्रिम भुक्तानी भएपछि इन्स्टिच्युटले खोप दिन नसक्ने पत्र पठाएको छ ।

अवस्था उल्लेख गर्दै स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले यसको विकल्पमा एउटै प्रकृतिको एक्स्ट्राजेनिका खोप दिइने जनाएको छ । यो खोप नेपाललाई प्राप्त भएपछि १२ हप्ता पछि भए पनि अर्को मात्रा दिइनेछ । महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलको हस्ताक्षरमा जारी भएको सूचनामा, दोस्रो खोपका लागि धैर्यताका साथ प्रतिक्षा गर्न आग्रह गरिएको छ ।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब १ लाख व्यक्तिले लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्याएको आरोपमा

विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । सन्

कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई