आज संवैधानिक इजलास नबस्ने


काठमाडौं । आज संवैधानिक इजलास नबस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएका कारण इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

आइतबारबाट संसद विघटनको मुद्दामा सुनुवाइ सुरु हुने भने पनि सत्ता पक्षकै कानुन व्यवसायीले इजलासमा राखिका न्यायाधीशलाई लिएर विवाद गरेपछि सुनुवाइ हुन सकेको थिएन । आइतबारको सुनुवाइमा सरकार पक्षका कानुन व्यवसायीले न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिनु पर्ने माग गरेका थिए ।

जसका कारण सुनुवाइ हुन सकेको छैन । उनीहरु रहनेकी नरहने भन्ने अन्यौलताकै बीच सोमबारको इजलास स्थगित भएको हो। यसअघि जेठ १४ गतेको इजलासमा रिट निवेदकले न्यायाधीशमाथि प्रश्न उठाएपछि आइतबार इजलास पुनर्गठन भएको थियो ।

प्रधानन्यायाधीशले वरिष्ठताक्रम अनुसार गठन गरेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् । यसअघि विवादमा तानिएका तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई भने राखिएको छैन ।