काठमाडौं महानगरपालिकाका प्रत्येक वडामा खोप केन्द्र



काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करीब १ लाख व्यक्ति लावान्वीत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ

काभ्रे। छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ

फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान

पाल्पा। पाल्पाको रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ

सिन्धुलीमा भैंसीले हानेर एक जनाको मृत्यु

कमलामाई (सिन्धुली) । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने