नेपाली सेनाका अधिकृतलाई राष्ट्रंघका महासचिवबाट प्रशंसापत्र



काठमाडौं । नेपाली सेनाको दक्षिण सुडानमा तैनाथ कालीध्वज गण दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदरस्वरुप संयुक्त राष्ट्रसंघ (यूएन) महासचिवबाट प्रशंसापत्र प्राप्त भएको छ ।

२०७७ मंसिर १० गते अस्थायी अपरेटिङ बेस क्युइवेटनजिक दुई जातिका हतियारधारी समूहहरुबीच उत्पन्न तनावपछि नेपाली शान्ति सैनिक तत्काल उक्त इलाकामा परिचालन भएको थियो । जसकारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो ।

नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण सम्भावित ठूलो जातीय हिंसालाई रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरुप उनलाई यूएन सेक्रेटरी जनरलबाट प्रशंसापत्र प्राप्त भएको जानकारी गराइन्छ ।”

उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले उल्लेखीय भूमिका खेलेकाले यूएनले प्रशंसापत्र पठाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि