काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड संक्रमण हुँदा आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । बिहीबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरु स्वास्थ्य लाभको क्रममा रहेको तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति चिन्तित रहेको बताएका छन् ।
उनले महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिएका छन् । उनले महामारी नियन्त्रणका लागि पहिले आफ्नै संकल्प र विदेशबाट सहयोग आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि धन्यवाद दिएका छन् । उनले सबैलाई सुरक्षित हुन र संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
पूर्वराजदम्पती भारतमा शाही स्नानमा सहभागी भएर फर्किएपछि कोभिड संक्रमित भएका थिए । करिव तीन हप्ताको अस्पताल बसाईपछि उनीहरु निको भई अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया