अर्थ मन्त्रालयले भन्यो-सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ
काठमाडौं । अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको जनाएको छ । व्यापार घाटा न्यूनीकरणका लागि चुरेको गिटी बालुवा उत्खनन् गरी निकासी गर्ने सरकारको योजनाको सर्वत्र विरोध भएपछि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको बताएको हो ।
बजेट वक्तव्यमा व्यापार घाटा न्यूनीकरण गर्न सरकारले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ। ’